चिया बेचेरै परिवारको गुजारा

कपिलबस्तु। दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त हुन्छन्। ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आएका छन्।
Advertisement 1
दैलेखको दुल्लु नगरपालिका–८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा विसं २०७७ मा कपिलवस्तु आएका हन्। उनले ६ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आएका छन्।
देवकोटाले प्रतिकप रु १० मा चिया बिक्री गर्छन्। गर्मी होस् वा जाडो, दैनिक करिब ४५० कप चिया बिक्री गर्दै आएको उनले जानकारी दिए। उनको अहिले दैनिक करिब ४ हजार पाँचको कारोबार हुने गरेको छ।
Advertisement 2
उनका दैनिक रुपमा बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म बजार क्षेत्रमा चिया बेच्छनए्। दिउँसो २ः०० बजेदेखि राति ८ः०० बजेसम्म पुनः चिया बेच्ने उनको दैनिकी छ।
देवकोटाको परिवारमा १ छोरा र १ छोरी छन्। चिया बेचेर हुने आम्दानीले परिवारको दैनिकी सहज रुपमा नै चलाउँदै आएको उनले बता। विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशकै व्यवसायबाट आफू सन्तुष्ट रहेको देवकोटाको भनाइ छ।
Advertisement 3
“जे गर्छु नेपालमै गर्छु। मेहनत गर्नेलाई नेपाल नै विदेश हो”, उनले भने। सामान्य लगानी र निरन्तर मेहनतबाट पनि स्वदेशमै गतिले आम्दानी गर्न सकिन्छ भन्ने त्यस क्षेत्रमा उनी उदाहरणीय पात्र हुन्। चिया बिक्रीलाई नै निरन्तरता दिँदै परिवारको भविष्य निर्माण गर्ने उनको योजना छ।








