गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा, केन्द्रीय कार्यालयबाटै बैंकिङ सेवा विस्तार

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले स्थापनाको १९औँ वर्ष प्रवेशको अवसर पारेर कात्तिक १८ गते बुधबारदेखि काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाटै नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

Advertisement 1

बैंकले पहिलोपटक २०६४ कात्तिक १८ गतेदेखि कारोबार सुरु गरेको थियो। स्थापना दिवसकै अवसर पारेर शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले नयाँ शाखाको उद्घाटन गरेका हुन्।

Advertisement 2

बालुवाटार शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सुविधा प्राप्त गर्न सक्नेछन्। नयाँ शाखा सञ्चालनसँगै बालुवाटार तथा आसपासका क्षेत्रका व्यक्तिगत र संस्थागत ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने बैंकको विश्वास छ।

बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने, उद्यमशीलता प्रवद्र्धन गर्ने र उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने रणनीतिसँग जोडेको छ।

Advertisement 3

ग्रामीण क्षेत्रदेखि सहरी बजारसम्म बैंकिङ पहुँच विस्तार गर्दै आएको गरिमा विकास बैंकले सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकका अनुसार वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने र सर्वसाधारणलाई सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइएको हो।

प्रकाशित :२०८३ कार्तिक १९ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]