आस्थाको केन्द्र बन्दै रक्षाबाबा

कपिलवस्तु। जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ। कपिलवस्तु नगरपालिका–११ मा पर्छ, रक्षाबाबाको मन्दिर। यहाँ बसोबास गर्ने मानव तथा पशुपक्षीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षाबाबालाई लिने गरिएको छ।

Advertisement 1

भाकल पूरा भएपछि रक्षाबाबालाई दूध, घ्युमा पकाएको रोटी, फलफूललगायत सामग्री चढाउने परम्परा छ। रक्षाबाबा स्थलमा स्थानीय देवता रक्षाबाबाको विशाल प्रस्तर मूर्ति स्थापना गरिएको छ।

मूर्तिको टाउकोको केही भाग फुटेको र कुमसम्म प्वाल परेको देखिन्छ। बाँकी रहेको टाउकोको भागमा भेडाको सिङजस्तो आकृति रहेको छ। मूर्तिको छेउमा प्राचीन इनारसमेत रहेको छ।

Advertisement 2

रक्षाबाबा क्षेत्र आसपास रातो माटाका भाँडाका टुक्रा, इँटाका टुक्रा तथा माटाका साना गोलाकार वस्तु छरिएर रहेको स्थानीयवासी बताउँछन्। यसले उक्त क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत रहेको स्थानीयको भनाइ छ।

स्थानीय धर्मगुरु रामशब्द मिश्रका अनुसार स्थानीयवासीले रक्षाबाबासँग विभिन्न विषयमा भाकल गर्ने र भाकल पूरा भएपछि सोहीअनुसार पूजा गर्ने गरेका छन्। उनका अनुसार स्थानीयवासीले रक्षाबाबालाई विशेष देवताका रूपमा पूजा तथा आराधना गर्दै आएका छन्।

Advertisement 3

कपिलवस्तुमा विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थल रहेकाले त्यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ। रक्षाबाबा रहेको क्षेत्रमा पुरातत्व विभागले समेत सूचना बोर्ड राखेको छ।

कपिलवस्तु नगरपालिका–११ का वडाध्यक्ष रामगोपाल यादवले रक्षाबाबा क्षेत्रको संरक्षण तथा पुरातात्विक उत्खननका लागि सम्बन्धित निकायसँग माग गरिएको बताए। पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा कुनै पनि कार्य गर्दा पुरातत्व विभागको स्वीकृति आवश्यक पर्ने भएकाले विभागसँग समन्वय गरिने उनले बताए।

यस आर्थिक वर्षमा रक्षाबाबा क्षेत्रको सरसफाइलगायत कार्यका लागि वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडाध्यक्ष यादवले जानकारी दिए।

प्रकाशित :२०८३ आश्विन १४, बुधबार १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम