४ प्रजिअसहित ८ कर्मचारीको सरुवा, पदस्थापन

काठमाडौं। गृह मन्त्रालयले ४ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित ५ सहसचिव र ३ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

Advertisement 1

मन्त्रालयले असोज १२ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ८ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

निर्णयअनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। त्यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँलाई सिरहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

Advertisement 2

गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

यसैगरी गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

Advertisement 3

उपसचिवतर्फ डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

गृह मन्त्रालय वा अन्तर्गत कार्यरत उपसचिव भक्तिराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

प्रकाशित :२०८३ आश्विन १४, बुधबार १०:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम