थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ :मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

Advertisement 1

नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीद्वारा आज झुम्कामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले थारु भाषा, संस्कृति, उत्थान र प्रगतिका लागि प्रदेश सरकारले काम गरिरहेको बताए। उनले कोशी प्रदेशमा सरकारी कामकाजको भाषामा थारु भाषालाई समेत समावेश गरी सरकारले ऐतिहासिक काम गरेको स्मरण गराए। मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, धर्म, संस्कृति, खानपान र देवालयको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले कानुन ल्याउन लागेको जानकारी दिए।

बहुभाषिक र बहुजातीय पहिचान बोकेको कोशी प्रदेशका सबै समुदायको पहिचान संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उनले धारणा राखे। मुख्यमन्त्री कार्कीले भने, “नेपालको भाषा, संस्कृति, परम्परा र सभ्यता राष्ट्रिय सम्पत्तिका हुन्। विविधताबीचको एकता नै नेपालीको समृद्धिको मूल आधार हो।”

Advertisement 2

यसैबीच, मुख्यमन्त्री कार्कीले सुनसरीको मधेलीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गरे। करिब दुई बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनमा दुई हजार ५०० भक्तजन क्षमताको सभाहल समेत निर्माण गरिएको छ। प्रदेश सरकार, विभिन्न सङ्घसंस्था तथा दाताहरूबाट प्राप्त सहयोग र चन्दाबाट भवन निर्माण गरिएको हो।

भवन उद्घाटन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको हीरक महोत्सव समारोहमा उनले समाजमा मानवता, करुणा र असल संस्कारको विकासमा जोड दिए।

प्रकाशित :२०८३ कार्तिक १७ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]