पाका नागरिकको व्यवस्थापन र राज्यको दायित्व

प्रेम शर्मा, अधिवक्ता/पूर्वप्रशासक
उमेर छिप्पिदै जादा शारीरिक र मानसिक अवस्था क्रमशः कमजोर हुदै जान्छ। यो जैवीक प्रकृया हो। विगतको तुलनामा आजभोली यस्तो अवस्था देखिने उमेर क्रमशः बढ्दै गएको पाईन्छ। समाजमा आएको स्वास्थ्य एवं खानपानको सचेतताले मानिसको आयू बढ्दै जादा बुढ्यौलीको उमेर पनि बढ्दै गएको पाईन्छ तर पनि यसको ब्यबस्थापनको आवश्यकतालाई पन्छाएर राज्य अगाडि बढ्न मिल्दैन।
Advertisement 1
हाम्रो देशको सम्बन्धमा भन्नु पर्दा राज्यले बृद्ध भत्ता दिने बाहेक यस्ता नागरिकको बारेमा अन्य ठोस कार्यक्रम राखेको पाईदैन। यस्ता नागरिकको दायित्व उनीहरू कै सन्तानको टाउकोमा थोपरेर सरकार उम्केर हिडेको देखिन्छ। यस्ता नागरिकको खानपान, स्वास्थोपचार, बसोबास, हेरचाह, मनोरन्जन र यिनीहरूको आस्थाको सम्मान गर्न सके मात्र यिनीहरूलाई न्याय हुन्छ तर यी सब कुराहरूमा राज्यले सोच राखेको पाईदैन।
नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा गुणस्तरीय शिक्षाको अभाव, चर्को बेरोजगारीका कारण करीव हरेक घरका यूवाहरू स्तरीय शिक्षा र रोजगारीको खोजीमा विदेशिन वाध्य छन्। यस्तो स्थिति नेपालमा झनै डरलाग्दो अवस्थामा छ। यसले देशमा यूवा जनशक्तिको अभाव त छदैछ त्यस माथि हरेक घरमा रहेका पाका नागरिक समेत वेसहारा भएका छन्।
Advertisement 2
यसरी पाका नागरिकहरू वेसहरा हुने समस्या विश्वब्यापी रूपमा रहेको पाईन्छ। के विकसित,के विकासोन्मुख सबै देशहरू यो समस्याबाट पीडित छन् र यो समस्या तर्काएर तर्किन सक्ने समस्या पनि हैन, किन कि यो प्राकृतिक समस्या हो। त्यसैले यसको समाधान केवल यसको ब्यबस्थापनमा छ। यो निवृत्त जीवनलाई कसरी सहज पार्न सकिन्छ भन्ने विषय यसको ब्यबस्थापनमा भर पर्छ।
विकसित देशमा त के हुन्छ भने हरेकका १८ वर्ष पुगेका सन्तान आमाबाबुबाट अलग भएर बसेका हुन्छन् र आमाबाबु एक्लै बस्नु पर्ने परम्परा नै बनेको छ। हाम्रोमा जस्तो आमाबाबुलाई छोराछोरीले रेखदेख गर्ने, स्याहार सम्भार गर्ने चलन नै हुदैन त्यस्ता देशहरूमा।
Advertisement 3
वाध्यताले भनौ वि विवसताले भनौ हाम्रो देशमा पनि पाका नागरिकहरू आफ्ना सन्तान संग बस्ने परिस्थितिको अन्त्य हुदैछ। त्यसैले हाम्रो देशको सरकारले पनि यो विषयमा सोच्न ढिला भै सकेको छ।
एकल परिवारको संरचनाले मान्यता पाएका विकसित देशमा पाका नागरिकको ब्यबस्थापन कसरी भै रहेको छ त भन्ने तर्फ सोचौ–
यस्ता देशहरूमा हरेक नागरिकले आफ्नो भविष्यको सुरक्षा आफैले गर्ने हो तर त्यसको ब्यबस्थापन भने राज्यले गरी दिन्छ। यसको निम्ति पनि रोजगारी त चाहिन्छ। संयुक्त राज्य अमेरिकाको कुरा गर्ने हो भने कुनै पनि क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेर राज्यलाई कर तिरेको छ भने राज्यबाट उसले सामाजिक सुरक्षा सुविधाको नाममा निःशुल्क स्वास्थोपचार र मासिक निर्वाह भत्ता पाउछ र बसोबासको लागि आफ्नो घर छैन भने सरकारले बसोबासको ब्यबस्था समेत मिलाई दिन्छ र सो वापत न्यूनतम शुल्क भने तिर्नु पर्ने हुन्छ। त्यति मात्र हैन यहाका हरेक नागरिकले आफ्नो अन्तिम संस्कारको लागि चाहिने रकम समेत सरकारलाई बुझाई सकेका हुन्छन्। यसरी यस्ता देशका नागरिकहरू आफ्नो निवृत्त जीवन प्रति निश्चिन्तित भएको पाईन्छ।
हाम्रो देशले पनि आफ्नो परिवेश र क्षमतालाई आधार बनाएर आफ्ना पाका नागरिकलाई ढुक्क पार्ने गरी उनीहरूको ब्यबस्थापन गर्नु पर्ने देखिएको छ। यसको निम्ति हरेक स्थानीय निकायलाई यसमा जिम्मेवार बनाउन जरूरी देखिन्छ। यसको लागि स्थानीय निकायले हरेक घरको सहभागितामा हरेक वर्ष निश्चित रकम छुट्याएर आवास भवन, स्वास्थ्य चौकी, मनोरन्जन पार्क, मठ मन्दिर बनाउने र ईच्छूक परिवारका पाका नागरिकहरूलाई वसोवास गराउनु पर्ने देखिन्छ।








