भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख सहयोग

काठमाडौँ। गरिमा विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

Advertisement 1

बैंकका अनुसार भदौ १० गते आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैंक र बैंकमा कार्यरत कर्मचारीको तर्फबाट उक्त सहयोग घोषणा गरिएको हो।

यसअन्तर्गत बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

Advertisement 2

त्यस्तै, बैंकले प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट थप ५० लाख रुपैयाँ प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बैंकले उक्त सहयोग स्थानीय निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा परिचालन गर्ने जनाएको छ। बैंकका अनुसार दुवै शीर्षकमा गरी घोषणा गरिएको कुल सहयोग १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुगेको छ।

Advertisement 3

गरिमा विकास बैंकले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै विपद्को कठिन समयमा राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासलाई प्रभावकारी बनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित :२०८३ आश्विन १, बिहीबार ०९:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry