सहसचिव र स्वास्थ्य सेवाका एघारौँ तहमा पदपूर्तिका लागि लोकसेवाको विज्ञापन, कुन सेवाका लागि कति पद (सहित)

काठमाडौं। लोक सेवा आयोगले निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सोसरह) तथा स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
Advertisement 1
आयोगले आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत रिक्त पदमा पदपूर्ति गर्न योग्य उम्मेदवारबाट अनलाइन दरखास्त आह्वान गरेको हो।
आयोगका अनुसार इच्छुक उम्मेदवारले २०८३ असोज २० गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारका लागि दोब्बर दस्तुर तिरी असोज २७ गतेसम्म दरखास्त बुझाउने व्यवस्था गरिएको छ।
Advertisement 2
दरखास्तका लागि २ हजार ५ सय रुपैयाँ दस्तुर तोकिएको छ। एकभन्दा बढी किसिम वा समूहमा आवेदन दिने उम्मेदवारले प्रत्येक थप किसिम वा समूहका लागि ६ सय रुपैयाँ अतिरिक्त दस्तुर बुझाउनुपर्नेछ।
आयोगले तोकिएको योग्यता पूरा गर्ने उम्मेदवारलाई अनलाइन प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको छ। पद, समूह तथा उपसमूहअनुसार आवश्यक शैक्षिक योग्यता, अनुभव, परीक्षा कार्यक्रम र अन्य विवरण आयोगले प्रकाशित गरेको विज्ञापनमा उल्लेख गरिएको छ।








