बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके। लगातारको वर्षासँगै शनिबार आएको हुरीले बाँकेका विभिन्न क्षेत्रमा पाक्न लागेको धानबालीमा क्षति पु¥याएको छ।
Advertisement 1
नेपालगञ्ज उपमहानगरपालिका–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीका कारण अधिकांश खेतमा धान ढलेको छ। हावाहुरीले धानका बोट ढलेपछि उत्पादनमा असर पर्ने चिन्ता किसानमा देखिएको छ।
डुडुवा गाउँपालिका–५ का किसान सुजन थापाको खेतमा समेत हुरीका कारण धान ढलेको छ। जिल्लाका अन्य क्षेत्रमा पनि हुरीले धानबालीमा क्षति पु¥याएको जनाइएको छ।
Advertisement 2
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको बताइन्। उनका अनुसार बाँकेमा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
क्षतिको विवरण सङ्कलनपछि हुरीका कारण प्रभावित क्षेत्र र धानबालीको वास्तविक क्षतिको अवस्था स्पष्ट हुने केन्द्रले जनाएको छ।








