सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

काठमाडौं। नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ।

Advertisement 1

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको घटनाको विरोध गर्दै महासङ्घले अविलम्ब रिहा गर्न माग गरेको हो।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविरुद्ध पक्राउ गरिएका’मा आपत्ति व्यक्त गर्दै रिहाइको माग गरिएको छ।

Advertisement 2

सम्पादक श्रेष्ठको रिहाइको माग गर्दै महासङ्घको आह्वानमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँको कार्यालय अगाडि पत्रकारहरूले आज बिहानदेखि धर्ना दिएका छन्।
पत्रकार महासङ्घसहित आमसञ्चारसम्बद्ध विभिन्न सङ्घ, संस्थाका तर्फबाट समेत पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकामा विरोध गर्दै रिहाइका लागि अनुरोध गरिएको छ।

यसैबीच नेपाल प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी उजुरीका आधारमा अदालतबाट अनुमति लिई पत्रकार श्रेष्ठलाई पक्राउ गरेको स्पष्ट गरेको छ।

प्रकाशित :२०८३ श्रावण २८, बिहीबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry