फाजिल व्यवस्थापनमा सरकार सक्रिय, साउन १८ कै निर्णयबाट ६८ कर्मचारी सरुवा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले फाजिल व्यवस्थापन तथा जनशक्ति परिचालनलाई अघि बढाउँदै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत कर्मचारीको सरुवा/कामकाज खटाउने निर्णय गरेको छ।

Advertisement 1

मन्त्रालयको साउन १८ गते को निर्णयअनुसार फाजिल अवस्थामा रहेका कर्मचारीलाई आवश्यक दरबन्दी भएका मन्त्रालय तथा निकायमा खटाइएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा विभिन्न सेवा, समूह र तहका कर्मचारीलाई आवश्यकता, जनशक्ति सन्तुलन तथा प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ जिम्मेवारी तोकिएको उल्लेख छ। निर्णयअनुसार केही कर्मचारीलाई मन्त्रालय परिवर्तन गरी नयाँ कार्यस्थलमा खटाइएको छ भने केहीलाई सम्बन्धित मन्त्रालयअन्तर्गतका निकायमा कामकाज गर्ने व्यवस्था मिलाइएको छ।

Advertisement 2

सरकारले पछिल्लो समय फाजिल व्यवस्थापनलाई प्राथमिकता दिँदै आवश्यक दरबन्दी भएका कार्यालयमा कर्मचारी परिचालनलाई तीव्र बनाइरहेको छ। यसबाट जनशक्तिको समुचित उपयोग, रिक्त पदमा तत्काल सेवा प्रवाह र प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीलाई तोकिएको कार्यालयमा समयमै हाजिर भई जिम्मेवारी सम्हाल्न पनि निर्देशन दिएको छ। सरुवा भएका कर्मचारीहरूको नामावली तथा विस्तृत विवरण यसै साथ सङ्लग्न छ।

प्रकाशित :२०८३ श्रावण १९, मंगलवार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry