आजदेखि यमपञ्चक शुरु,सोमबार लक्ष्मीपूजा
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।
आज शनिवार अर्थात यमपञ्चकको दिन सो अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।
Advertisement 1
यसैगरी धनत्रयोदशी पर्व पनि शनिबार नै परेको छ। आइतबार काग तिहार मनाइदैंछ भने सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार नै मनाइदैंछ ।कार्तिक ७ गते साँझ ५:०४ बजे औँसी तिथि सुरु हुने र ८ गते साँझ ४:३३ मा समाप्त हुँदै छ। मध्यरातमा औँसी तिथि नपरेकै कारण लक्ष्मी पूजा अघिल्लो रात गर्नु पर्ने समितिको भनाइ छ। यस वर्ष गाईतिहारको दिन खण्डग्रास सूर्यग्रहण परेको छ ।
यस्तै गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार मनाइदैछ । शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।
यस्तै कात्तिक १० गते बिहीबार भाइटीका मनाइँदैछ । भाइटीको उत्तम साइत बिहान ११ बजेर ३७ बजे रहेको पञ्चांक निर्णायक समितिले जनाएको छ ।