सुनसरीका दुई गाउँपालिकामा आज बिहान देखि निषेधाज्ञा

काठमाडौं । सुनसरी जिल्लाको सुरक्षा अवस्था सुधारउन्मुख भए पनि संवेदनशील क्षेत्रलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाभर आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
Advertisement 1
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आइतबार जारी गरेको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम उक्त निषेधाज्ञा लागू गरिएको हो।
प्रशासनका अनुसार जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा समग्र सुरक्षा अवस्था क्रमशः सुधारतर्फ उन्मुख देखिए पनि शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न आवश्यक ठहर गर्दै निषेधाज्ञाको अवधि थप परिमार्जन गरिएको हो।
Advertisement 2
आदेशअनुसार देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा साउन १८ गते बिहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा लागू रहनेछ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सबै स्थानीयवासी, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवालासँग अनुरोध गरेको छ।
Advertisement 3









