संसद महासचिवको पत्रविरूद्धको मुद्दा संवैधानिक इजलासमा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाभियोग फुकुवाविरुद्ध परेको रिटउपर आज सर्वोच्चको संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ ।
Advertisement 1
संघीय संसदका महासचिव डा।भरतराज गौतमले अस्ति बुधवार राणामाथि लागेको महाअभियोग निलम्बन फुकुवा भएको पत्र दिएसँगै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले बुधवार नै दायर गरेको रिट निवेदनको आज बस्ने सर्वोच्चको संवैधानिक इजलासले सुनुवाइ गर्न लागेको हो ।
रिट सुनुवाइका लागि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलाश गठन भएको छ ।
Advertisement 2
प्रकाशित :२०७९ मंसिर २३, शुक्रबार ११:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%