कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पण

काठमाडौं। पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा सक्रिय कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक समारोहबीच सार्वजनिक गरिएको छ।

Advertisement 1

नेपाल स्रष्टा समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकारलगायतले कृतिको औपचारिक लोकार्पण गरेका हुन्।

कार्यक्रममा बोल्दै कवि साकारले सुवेदी दुई दशकदेखि कविताको क्षेत्रमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनको सिर्जनात्मक यात्राको प्रशंसा गरे। उनले संग्रहबाट एक कविता वाचन गर्दै कृतिले पाठकलाई नयाँ अनुभूति दिने विश्वास व्यक्त गरे।

Advertisement 2

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले फुटकर कवितामार्फत नै पहिचान बनाएकी सुवेदीका रचनामा जीवनबोध र युगबोध सशक्त रूपमा अभिव्यक्त भएको बताए।

त्यसैगरी प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सुवेदीका कवितामा संवेदनाको सुगन्ध रहेको उल्लेख गर्दै ती कविताले पाठकको हृदयदेखि मस्तिष्कसम्म प्रभाव पार्ने धारणा व्यक्त गरे।

Advertisement 3

कार्यक्रममा साहित्यकार भागीरथी श्रेष्ठ, विधान आचार्य, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, विवश पोखरेल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ ‘रोदन’, डा. शान्तिमाया गिरी तथा कवि तारा सुवेदीले पनि आफ्नो धारणा राखेका थिए।

उक्त अवसरमा मणि लोहनी, रञ्जना निरौला, प्रकाश घायल र खुसी अधिकारीले संग्रहभित्रका विभिन्न कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित :२०८३ श्रावण १८, सोमबार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry