प्रदेश २ लोक सेवाद्वारा अधिकृत नवौँ तहको विज्ञापन आह्वान

प्रदेश नम्बर दुई लोकसेवा आयोगले विभिन्न पदमा ३० कर्मचारी माग गरेको छ ।
आयोगले आज गोरखापत्रमा सूचना प्रकाशन गरी प्रदेश निजामती सेवा अधिकृत ९ औं तह ( प्राविधि अप्राविधिक) खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशन गरेको हो । ।
जसअनुसार अप्राविधिकतर्फ अधिकृत ९ औं तहका लागि प्रशासन,सामान्य,प्रशासन,प्रशासन,लेखा,प्रशासन,राजश्व समूहबाट ८ जनाको माग भएको छ ।
यस्तै स्वास्थ्य सेवा बाहेक सेवा इञ्जिनियरिङ,कृषि सेवाबाट १२ जना माग भएको छ भने स्वास्थ्य सेवाबाट १० जना गरी ३० जना कर्मचारी माग भएको छ ।
आवेदन १६ गतेसम्म दिन सकिनेछ । सूचना अनुसार दोब्बर दस्तुर तिरेर असार २३ सम्म आवेदन दिन सकिने छ । २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको उम्मेद्धारले आवेदन दिन सक्नेछन् ।

No photo description available.

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ०८:०२

प्रतिक्रिया दिनुहोस्