प्रदेश प्रमुखलाई मानवअधिकार आयोग विराटनगरको वार्षिक प्रतिवेदन पेस
विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडीले आयोगको विराटनगर कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन्। आज यहाँ आयोजित एक समारोहका बीच आयोगका सदस्य दुवाडीले प्रदेश प्रमुख खापुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हन्।
Advertisement 1
सो अवसरमा प्रदेश प्रमुख खापुङले मानव सभ्यतालाई जोगाउन मानवअधिकार सुरक्षित रहनुपर्ने धारणा राखे। उनले समाज शान्ति, सुरक्षा एवं एकता कायम राख्न एकअर्कालाई माया, प्रेम, सद्भाव र मेलमिलापको भावनाबट हेर्नुपर्ने बताउनुभयो। संविधानमा मानवअधिकार उल्लेख भएअनुसार यसको प्रभावकारी कार्यान्वयमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
प्रमुख खापुङले आयोगले आगामी दिनमा संविधानप्रदत्त अधिकारलाई नागरिक तहसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिँदै मानवअधिकारलाई संरक्षण गर्न सशक्त रूपमा आयोगलाई सफलताको शुभकामना पनि दिए।
Advertisement 2
सो अवसरमा आयोगका सदस्य दुवाडीले सीमित स्रोत र साधनका बाबजुद पनि आयोगले सशक्त रूपमा कार्यसम्पादन गरिरहेको बताए। आयोगका विराटनगर कार्यालयका प्रमुख वीरबहादुर मगरले आयोगका गतिविधि तथा कामका बारेमा प्रकाश पारेका थिए।








