स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका उनले पदभार ग्रहण गर्नुअघि पद तथा गोपनीयताको शपथ लिएका छन्।

Advertisement 1

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

डा. प्याकुरेल सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा स्वास्थ्य सेवा व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका स्वास्थ्य विज्ञका रूपमा परिचित छन्। उनले स्वास्थ्य क्षेत्रको नीति निर्माण, स्वास्थ्य प्रणाली सुदृढीकरण तथा जनस्वास्थ्यसम्बन्धी विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन्। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र सेवाग्राहीमैत्री बनाउने अपेक्षासहित उनलाई बोर्डको नेतृत्वको जिम्मेवारी दिइएको हो।

Advertisement 2

स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन, विस्तार तथा व्यवस्थापन गर्ने प्रमुख निकाय हो। नयाँ नेतृत्वसँगै बोर्डको सेवा प्रवाह, वित्तीय व्यवस्थापन र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता थप सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ श्रावण १४, बिहीबार ११:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry