सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ। हिजो बिहीबारको तुलनामा सुन तोलामा रु ५ हजार ८०० र चाँदी रु १५५ ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ३५० निर्धारण भएको छ। हिजो १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु रु ४ हजार ५०५ मा कारोबार भएको थियो।

गत बुधबार १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ४८० निर्धारण भएको थियो। गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ३७० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ श्रावण ८, शुक्रबार १३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry