खुला प्रतिस्पर्धाबाट नेपाल पर्यटन बोर्डमा ५ सञ्चालक सदस्य नियुक्त

काठमाडौं। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत ५ जना सञ्चालक सदस्य नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार उनीहरूको नियुक्ति गरेको हो।

Advertisement 1

नवनियुक्त सदस्यहरूमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा. शोभिता श्रेष्ठ ढकाल रहेका छन्।

पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदन प्रक्रियामार्फत प्राप्त निवेदनहरूको मूल्याङ्कनपछि उनीहरूलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

Advertisement 2

मन्त्रालयका अनुसार बोर्ड सदस्यका लागि देशभरबाट १ हजार १०० वटा आवेदन परेको थियो। आवेदकहरूको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, पर्यटन क्षेत्रमा पु¥याएको योगदान, नेतृत्व क्षमता तथा समग्र दक्षताको मूल्याङ्कनका आधारमा अन्तिम ५ जनाको छनोट गरिएको हो।

मन्त्रालयले पर्यटन बोर्डमा सदस्य नियुक्तिको प्रक्रिया खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाइएको जनाएको छ। यसबाट पर्यटन क्षेत्रको नीति निर्माण, पर्यटन गन्तव्यको प्रवद्र्धन, लगानी आकर्षण तथा सार्वजनिक–निजी साझेदारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Advertisement 3

नेपाल पर्यटन बोर्डले नवनियुक्त सञ्चालक सदस्यहरूको अनुभव, विज्ञता र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन तथा निजी क्षेत्रसँगको सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित :२०८३ असार ३१, बुधबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry