अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

पर्वत। पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्।
Advertisement 1
अदुवा नगदे तथा मसला बाली हो। दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन्।
गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए।
Advertisement 2
गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ। यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर रु ६ लाख आम्दानी गरेका कृषकले यस वर्ष दश मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान छ।
मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गए। आम्दानी पनि दोब्बर भयो। स्थानीय ‘नशे’ जातको अदुवालगायका कृषक उत्पादन राम्रो भएपछि अदुवाखेतीमा पल्किएका छन्।
Advertisement 3
अदुवाखेतीको प्रवद्र्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यलय पर्वतले बीउमा प्रतिकिलो रु १ सय र बजार मूल्यमा प्रतिकिलो रु ५० का दरले अनुदान उपलब्ध गराएको छ। यस वर्ष पालिकाले समूहलाई थप रु ३ लाख अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।
नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो। उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ। ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ।
नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिकखेती हुन्छ। जसमध्ये इलाम, सल्यान,पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन्।








