टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम लागू

भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत यहाँका किसानलाई करिब रु ३८ लाख बराबरका पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।
Advertisement 1
कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न पाइप तथा प्लास्टिक टनेल वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले कृषिलाई परम्परागत तरिकाबाट व्यावसायिकतर्फ लैजाने चाहना अनुरुप पालिकाले काम गरिरहेको जानकारी दिए। उपाध्यक्ष रमादेवी राईले ‘एक घर एक करेसाबारी’ कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको बताए।
प्रकाशित :२०८३ असार २६, शुक्रबार १६:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








