हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्ला। यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ।

Advertisement 1

हिमाली जिल्ला हुम्लास्थित व्यापार कम्पनीले २ हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेपछि कार्यालयमा नागरिकको भीडभाड बढेको हो।

कम्पनीका नायब सुब्बा कैलाश ऐडीले भने, “नागरिक घरमा चामल नभएर होइन, सहुलियतको चालम लिनका लागि भीड बढेको हो।” कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल रु १ हजार ८५०, अरुवा सोना मन्सुली चामल रु १ हजार २५० तथा अरुवा मोटा चामल रु १ हजार १५० मा बिक्री गरेको छ।

Advertisement 2

सहुलियत खाद्यान्न वितरणबाट २ दिनमा रु ६० लाख बराबरको कारोबार भएको कम्पनीले जनाएको छ। सो अवधिमा कार्यालय ५८८ क्विन्टल चामल बिक्री वितरण गरेको छ। सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध भएपछि जिल्लाका उपभोक्ताले राहत महसुस गरेका छन्।

प्रकाशित :२०८३ असार १८, बिहीबार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम