‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई

काठमाडौं। यसवर्षको रु २५ हजार राशिको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ।

Advertisement 1

नन्दप्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार दोलखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको करदस्वरुप उहाँलाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो।

आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीका दिन यहाँ श्री श्रेष्ठलाई सम्मान गरिने छ। निजामती सेवामा लामो समय व्यतीत गरेका उनी सहसचिव पदबाट निवृत्त भएका हन्।

Advertisement 2

८८ वर्षीय श्रेष्ठ चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, गौरीशङ्कर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष, सिँगटी सामुदायिक अस्पतालका पनि संस्थापक अध्यक्ष हुन्।

प्रकाशित :२०८३ असार २८, आईतवार १४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry