बैतडीको सिगासमा भूकम्पको धक्का

बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
Advertisement 1
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा पनि महसुस गरिएको छ।
Advertisement 2
भूकम्पबाट क्षति भएनभएको विवरण अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित :२०८१ पुष १६ गते, मंगलबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








