साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

Advertisement 1

नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरेका छन्।

तोकिएको हटलाइनमा बिमारीका फोन नं. प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछन्।

Advertisement 2

चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्नुहुन्छ। यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ।

महानगरभित्र करिब २ लाख ९४ हजार नागरिक रहेका छन्।

प्रकाशित :२०८३ असार २५, बिहीबार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry