उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर

हुम्ला। यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन्। उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्। तर हालसम्म उनको उपचार हुन सकेको छैन।

Advertisement 1

कामीलाई कुष्ठरोग लागेको ६ वर्ष भएको र अहिले अवस्था नाजुक भएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले बताए। कुष्ठ रोग लागेको सुरुका २ वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराएका थिए।

४ वर्षयता भने उनको उपचार हुन सकेको छैन। आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार हुन नसकेको हो। कान कम सुन्ने उनी हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्दछन्।

Advertisement 2

घरको छतमा सानो कोठा बनाएर राखिएको उनलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ। उनका २ भाइले १÷१ महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आएका छन्।

कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताए। आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ। कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ। तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन।

प्रकाशित :२०८२ श्रावण २, बिहीबार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry