सेती नदीमा महिलाको शव

तनहुँ। शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ।
Advertisement 1
नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए।
महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।
प्रकाशित :२०८३ असार २५, बिहीबार १२:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








