भ्रष्टाचार काण्डमा डामिएका सहसचिव प्रधानमन्त्रीका नीजि सचिव
सुशासनका चर्काे रटान लगाउने प्रचण्डले आफ्नो सचिवालयमा भ्रष्ट्राचारमा डामिएका सहसचिवलाई लगेर राखिएको भेटिएको छ ।
Advertisement 1
प्रधानमन्त्रीका नीजि सचिवमा उपसचिव हुने विगतको व्यवस्थालाई क्रम भंग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहसचिव नवराज ढुंगनालाई लगेर नियुक्त गरेसँगै उनको भनाई र गराईमा अन्तर देखिएको भन्दै कर्मचारीहरुले नै चिन्ता पोखेका छन् ।
प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै उनले गत पुस २० गते सहसचिव ढुंगनालाई आफ्नो नीजि सचिवमा नियुक्त गरेका थिए ।यसरी आफ्नो सचिवालयमा भित्राएका सहसचिव ढुंगनामाथि भ्रष्टाचार मुद्धा विचराधिन रहेको भेटिएको छ । ढुंगना वन तथा वातावरण मन्त्रालय हुँदै महालेखा नियन्त्रकको कार्यालयमा सहमहालेखा नियन्त्रक तथा प्रवक्ता भएर जाँदा लेखाका कर्मचारीहरुको सरुवामा अनियमितता गरेको भन्दै उनीविरुद्ध रातो घरमा उजुरी दर्ज भएको हो । सह–महालेखा नियन्त्रकमा रहँदा सरुवा, बढुवामा घुस लिएको आरोपसहित छानबिनको लागि २०७८ पुस १३ गते उजुरी दर्ता भएको हो भने रकम लेनदेनसहित थप तीन वटा उजुरीउपर निर्णय हुन बाँकी नै छ ।
Advertisement 2
सरकारी सेवाको क्रममा गोरखा, रत्ननगर नगरपालिका र तत्कालीन पोखरा उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका उनीमाथि जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर हिँडेको आरोपसमेत लागेको थियो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वीरगञ्ज भन्सारलगायत थुप्रै निकायको जिम्मेवारी निर्वाह गरिसकेका उनीविरुद्ध अख्तियारमा पोहोरै उजुरी परेको थियो ।
पोखरा उपमहानगरमा पनि सडक दस्तुर ठेक्का लगाउँदा धरौटीबापत राखेको कास्कीको फुकुवा गर्नै नमिल्ने जग्गा ठेकेदारले फुकुवा गरी तनहुँको कमसल जग्गा धरौटीमा राखेका उजुरी अख्तियारमा परेपछि छानबिन अघि बढाइएको थियो । तर, रकमको चलखेल गरी उजुरी तामेलीमा राख्न लगाए ।
Advertisement 3