अनलाइन सरुवा प्रणालीमार्फत मात्र सरुवा

काठमाडौं। भमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सम्पादन हुँदै आएको सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ। अबदेखि सरुवासम्बन्धी सम्पूर्ण कार्य उक्त अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

Advertisement 1

तसर्थ, सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता (Account) सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।

अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनउपर कुनै कारबाही गरिने छैन। साथै, अनलाइन सरुवा प्रणालीको प्रयोगसम्बन्धी Manual आवश्यक जानकारी सोही प्रणालीमा उपलब्ध रहेको व्यहोरा समेत जानकारी गराइन्छ।

Advertisement 2

यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै कर्मचारी तथा सम्बद्ध निकायको आवश्यक सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।
अनलाइन सरुवा प्रणालीको लिंक:  http://saruwa.mofaga.gov.np/

प्रकाशित :२०८३ असार १७, बुधबार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम