कुटनीतिक नियोगकालाई छुट,अरुलाई यी दश प्रकारका सामाग्री ल्याउन बन्देज (राजपत्रसहित)

सरकारले १० प्रकारका सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरेको छ । नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।
विलासी बस्तुको सूचीमा कुरकुरे,कुरमेर लेजदेखि तास,मदिरा लगायतका बस्तुहरु उल्लेख गरिएको छ । यस्तै चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा,मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जीप, कार र भ्यानहरू, २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकलदेखि सबै प्रकारका खेलौनाहरूको आयतमा आगामी असार मसान्तसम्मका लागि आयातमा बन्देज लगाइएको छ । तर मन्त्रालयले प्रकाशन गरेको राजपत्रमा नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रायोजनका लागि आफैंले पैठारी गर्न बाधा नपर्ने जनाइएको छ ।
मन्त्रालयले वैशाख १३ अगावै बैंकिङ प्रणालीबाट प्रक्रिया अघि बढाइसकेको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ ।

Advertisement 1

२०७९ साल असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज लगाएको सूचना

 

 

प्रकाशित :२०७९ बैशाख १४, बुधबार ०८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry