सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ सहित भारतीय मोटरसाईकल नियन्त्रणमा

सर्लाही जिल्ला मलंगवा नगरपालिका ८ स्थित भन्सार ईलाकाबाट बैशाख ३० गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित भारतीय मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

Advertisement 1

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) ले नियन्त्रणमा लिएको  सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) तुला भण्डारीले जानकारी दिए।  नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाईकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडेर चालक फरार भएका थिए।

यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाईकल बैशाख ३१ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ लैजादै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै मोटरसाईकल सोही ठाउँमा छाडी व्यक्ति भने फरार भएका थिए । नियन्त्रणमा लिएको गाँजा र मोटरसाईकल आवश्यक कारवाहीको लागि स्थानिय प्रहरीमा बुझाईएको छ ।

प्रकाशित :२०८० बैशाख ३१, आईतवार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry