फरार प्रतिवादी पक्राउ

बिर्तामोड। जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ।
झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ सवारी ज्यान मुद्दामा ३ महिना कैद र रु २०० जरिवाना तथा मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागुऔषध मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना सजाय तोकिएका प्रतिवादी हुन्।
Advertisement 2
कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागुऔषध मुद्दामा ९ महिना २० दिन कैद सजाय तोकिएका प्रतिवादी भएकाले झापा कारागार चलान गरिएको छ।
त्यसैगरी, सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना ३ दिन कैद र रु २ हजार जरिवाना सजाय तोकिएका इलामको चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई पनि पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रञ्जन अवाले जानकारी दिए।








