बाढीपहिरोले ५ राजमार्ग अवरुद्ध

काठमाडौं। बाढीपहिरोका कारण मुलुकका ५ राजमार्ग अझै अवरुद्ध छन्।
Advertisement 1
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण ५ राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा २ राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए। सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छन्।
यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
प्रकाशित :२०८२ कार्तिक १७, सोमबार १३:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










