सशस्त्र प्रहरीद्वारा साढे ३ लाखको सामान बरामद

सशस्त्र प्रहरीले करिब साढे तीन लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले ३ लाख ४३ हजार ६ सय १० रुपैया बराबरको भन्सार छलीको अवैध लत्ताकपडाहरु बरामद गरेको हो ।

Advertisement 1

हरीपुर, सुरक्षा बेश दुहवी, बिओपी हार्बोनी, बिओपि अमडुवा, बिओपि लौकही र बिओपी उल्टीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।

डीएसपी खतिवडाका अनुसार दुहवी बजारमा सवारी साधन चेकजाँच गर्ने क्रममा र हार्वोनि नाकाबाट ल्याउँदै गरेको लत्ताकपडाहरु डिउटी टोलीलाई देखी छाडी भागेका थिए । त्यस्तै विभिन्न स्थानहरुबाट किराना सामान, खेलौना सामान र प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० आश्विन ३०, मंगलवार १९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry