नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलका आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ।

Advertisement 1

अहिल उनको शव श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो। उनी दम रोगबाट पीडित थिए।

विसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मनुभएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित हुनुभएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसक्नुभएको थियो। कांग्रेस राजनीतिमा उनी सादगी नेताका रुपमा परिचित थिए।

Advertisement 2

उनका ३ छोरा र छोरी छन्।

प्रकाशित :२०८३ असार ८, सोमबार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry