तोलामा १ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु २ लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु २ लाख ९२ हजार ८०० तय भएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ। आइतबार प्रतितोला रु ५ हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु ५ हजार १५० निर्धारण भएको छ।
प्रकाशित :२०८३ जेष्ठ ११, सोमबार ११:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












