सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

Advertisement 1

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए।

सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिए। सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाएका थिए।

प्रकाशित :२०८३ बैशाख ३०, बुधबार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry