२ दर्जन बढी कन्सट्रक्सन कम्पनीसँग स्पष्टीकरण माग(सूचीसहित)

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन बढी कन्सट्रक्सन कम्पनीहरूलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको छ।

Advertisement 1

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण नआएको कारण कार्यालयले आज १ सूचना जारी गर्दै २ दर्जन बढी कन्सट्रक्सन कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्नुको कारणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।

स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने गरिन्छ। कालोसूचीका परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाइँदैन।

Advertisement 2

हेर्नुहोस् सूची :

प्रकाशित :२०८२ श्रावण २३, शुक्रबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry