सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं। गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीकोे मूल्य बढेको छ। सुन तोलामा रु १ हजारले घटेको छ भने चाँदी रु ६५ ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १० कायम भएको छ। गत शुक्रबार एक तोला छापावाल सुन रु २ लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु ४ हजार ९४५ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ बैशाख २०, आईतवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry