ऋषिङमा २ पुल निर्माण

तनहुँ। तनहुँको ऋषिङ गाउँपालिकामा २ पुल निर्माण सम्पन्न भएका छन्। ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन्।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्नुहुँदै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
ऋषिङ–५ का वडाध्यक्ष बुद्धिमान रानामगरले एनजिओ नेटवर्क तनहुँमार्फत २ वटा पुल निर्माण गरिएको जानकारी दिए। उनका अनुसार फलामे पुलको लागत रु ३२ लाख र झोलुङ्गे पुलको लागत रु ३४ लाख रहेको छ।
एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले पुल निर्माण पश्चात् विगतमा खोलानाला पार गर्दा भोग्नुपरेको जोखिम हट्ने र वर्षायाममा समेत सहज आवागमन हुने बताए।
यसअघि स्थानीयले खोलाखोल्सी पार गर्न जोखिमपूर्ण अस्थायी संरचना वा वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्दथ्यो।
पुल सञ्चालनमा आएपछि गाउँबीचको दूरी घट्नुका साथै कृषि उत्पादन ओसारपसार, बजार पहुँच, स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधिमा सहजता आउने उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाले जानकारी दिए।
–––
प्रकाशित :२०८३ बैशाख ३, बिहीबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry