आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

काठमाडौं। केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन्। मौसमविद् सञ्जीव अधिकारीले आजभन्दा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको बताए।
Advertisement 1
उनका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावले तुवाँलो देखिएको हो। तर, यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज केही स्थानमा हल्का वर्षा भएको छ।
प्रकाशित :२०८२ फाल्गुन २६, मंगलवार १५:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













