सूर्यविनाकयकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ। ३ दिनसम्म सूर्यविनायका–६ बनाचौर खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका १ हजार विद्यार्थी सहभागी हुने छन्।

Advertisement 1

सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिताबारे आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक–१० सङ्कटा फुटबल मैदानमा, भलिबल प्रतियोगिता सूर्यविनायक–८ युथ क्लब खेल मैदानमा, कबड्डी प्रतियोगिता सूर्यविनायक–६ सुवर्णेश्वर आधारभूत माविमा तथा उसु, कराते र तेक्वान्दो खेल सूर्यविनायक–४ अरनिको माविमा सञ्चालन हुने छन्। सदस्यसचिव थापाका अनुसार प्रतियोगिता च्याम्पियन हुनेलाई रु ३० हजारसहित रनिङ शिल्ड प्रदान गरिने छ।

प्रकाशित :२०८२ माघ १२, सोमबार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम