१३ औं सागको खर्च एक वर्षपछि सार्वजनिक,१ अर्ब ३१ करोड खर्च

राष्ट्रिय खेलकुल परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाव सार्वजनिक गरेको छ। गएको वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण झण्डै एक वर्षपछि आइतबार सार्वजनिक गरिएको छ। जसमा कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ खाख, ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको छ। 

Advertisement 1

साग खेलकुद सकिएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले सागअघि बताए पनि विवरण सार्वजनिक हुन झण्डै एक वर्ष लागेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि राखेप सदस्य सचिव रमेश सिलवालले सागको हिसाव सार्वजनिक गरेका हुन्।

सरकारले साग सम्पन्न गर्नका लागि ३ अर्ब ६५ करोड छुट्याएको थियो। सरकारले दिएको सबै रकम खर्च नभएको र बाँकी रकम फिर्ता गरिएको सिलवालले बताए।

Advertisement 2

‘नेपाल सरकारबाट स्वीकृत बजेटभन्दा कम रकममा खेलकुद सम्पन्न गरी मितव्ययितापूर्वक पारदर्शी ढंगले खेल सम्पन्न गर्नु यस साग गेम्सको विशेषता रहेको छ,’ पत्रकार सम्मेलनमा सिलवालले भने। 

प्रकाशित :२०७७ मंसिर १४, आईतवार १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry