एलिमिनेटरमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
काठमाडौं। एनपीएल अन्तर्गत बुधबार बिहान भइरहेको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ।
Advertisement 1
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। कर्णाली याक्स ब्याटिङमा सबै विदेशी खेलाडीको भर परेको थियो।
कर्णालीको ब्याटिङमा स्वदेशी खेलाडीले खासै योगदान गर्न सकेनन्। उसका लागि भारतबाट आएका जयकिशन कोल्सावालाले ३९ बलमा ५३ रन बनाए। त्यस्तै विलियम बोसिस्टोले ३९ बलमा ५२ रन, च्याडविक वाल्टनले २३ बलमा ४६ रन र जीशन मक्सुदले १२ बलमा १४ रन बनाए।
Advertisement 2
स्वेदशी ब्याटर रित गौतम र गुल्शन झा शून्य रनमा आएट भए भने सोमपाल कामी शून्य रनमै नटआउट रहे। चितवनका लागि सोहेल तनवीरले २ विकेट लिए।
एलिमिनेटरमा जित्ने टिमले फाइनलका लागि क्वालिफायर–२ खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ।