बैतडीमा ट्याक्टर दुर्घटनाः १ जनाको मृत्यु, ३ घाइते

बैतडी। दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो।

Advertisement 1

दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ।

प्रकाशित :२०८२ माघ ८, बिहीबार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry