सशस्त्र प्रहरीद्वारा काभ्रेमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारी

काभ्रेपलाञ्चोक। पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वाटरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ। हेडक्वाटरले सोमबारदेखि पनौतीबाट उक्त अभ्यास गराउन थालेको हो।

Advertisement 1

प्रहरीले पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई सोमबारदेखि विपद् स्वयसेवक आधारभूत तालिम र विपद् सूचकसम्बन्धी अभ्यास गराउन सुरू गरेको हो। अभ्यासको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुभारम्भ गर्दै हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपदपछिका अवस्था, विपद् आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए। प्रजिअ ढकालले भने, ‘सुरक्षाकर्मी पुग्न नसक्ने अवस्थामा स्थानीयस्तरमा रहेका स्वंयसेवकले विपद्पछिको अवस्थामा समन्वयात्मक भूमिकाको कार्य गर्न सक्छन्, यसबाट ठूलो क्षतिबाट बचाउन पनि सकिन्छ।’

कार्यक्रममा नगर उपप्रमुख गिता बञ्जाराले गत वर्षको असोज १२ गतेपछिको विपद्ले सिकाएको पाठ, भूकम्प तथा चट्याङ र गत वैशाखको वर्षाका कारण पु¥याएको क्षतिपछिको अवस्थाका बारेमा जानकारी गराउँदै सचेत रहन आग्रह गरिन्।

Advertisement 2

सो अवसरमा हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले तालिमको उद्देश्यबारे प्रष्ट्याउँदै विपद्लगत्तैको प्रतिकार्यका लागि स्वयंसेवकलाई तालिमले सहजता दिलाउने बताए।

प्रकाशित :२०८२ जेष्ठ १३, सोमबार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry