नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ।

Advertisement 1

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो। यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो।

जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ। नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ। महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ।

प्रकाशित :२०८२ माघ ८, बिहीबार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry