नेपाल बैंक लिमिटेडको टप अप गरौं बोनस पाऔं

काठमाडौं। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक F1 Soft International Pvt.Ltd को सहकार्यमा पुस २ गते ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको छ ।
Advertisement 1
सो अभियान अवधिभर रु. २००/– वा सो भन्दा माथिको रकम NBL Mobile Banking App मार्फत Top up गर्ने ८० जनालाई रु. १००/– का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।
प्रकाशित :२०८२ पुष ४, शुक्रबार १०:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













