सामान्य प्रशासन मन्त्री ठगुन्ना गएनन् शपथमा
प्रधानमन्त्री केपी शर्मा ओली पुन प्रधानमन्त्री नियुक्त भएका छन् । गत २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि बिहीबार संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका थिए ।
Advertisement 1
प्रधानमन्त्री ओलीले आफ्ना सारथीहरुलाई पद तथा गोपनीयताको सपथ गराइएको छ ।जस अनुसार पदमुक्त हुनु अगावैको जिम्मेवारी पाएका छन् मन्त्री तथा राज्यमन्त्रीहरुले ।
सोही अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी गणेश ठगुन्नाले पाएका छन । तर उनी कोभिड १९ बाट संक्रमित भएका कारण शपथ कार्यक्रममा सामेल हुन सकेनन् ।
मन्त्री ठगुन्नाझैं उद्योग राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि अस्वस्थताको कारण देखाएर शपथ कार्यक्रममा उपस्थित भइनन् ।